Section 41
कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य र अधिकार
: (१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्नका लागि वैदेशिक रोजगार व्यवसायमा संलग्न नरहेका तोकिएको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट तोकिए बमोजिम खुल्ला प्रतिस्पर्धाको आधारमा नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकको पदपूर्ति नभएसम्मको लागि नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको कुनै अधिकृत कर्मचारीलाई बढीमा तीन महिनाको निमित्त कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरी तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(५) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बोर्डको निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,
(ख) तोकिए बमोजिमका अन्य काम गर्ने ।